एमालेको पालिकास्तरको अधिवेशन आज, थापाथलीबाट ओलीले उद्घाटन गर्दै

काठमाडौं । नेकपा एमालेले इतिहासमा नै पहिलो पटक एकैदिन पालिकास्तरको कमिटी अधिवेशन आज हुँदैछ । देशैभरको स्थानीय तहमा एकैपटक नेतृत्व चुन्न लागेको एमालेले जनाएको छ ।
अधिवेशनको उद्घाटन एमाले अध्याक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय थापाथलीको वार रुमबाट गर्ने गर्नेछन् । अध्यक्ष ओलीले भर्चअल माध्यमबाट दिउँसो १ बजे उद्घाटन गर्ने बताइएको छ ।
मुलुकभरका ७५३ स्थानीय तहका साथै आजै विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुने एमालेले जनाएको छ ।
मंसिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको एमालेले कात्तिकको पहिलो सातामा पालिकास्तरमा कमिटी अधिवेशन गर्न लागेको हो ।
एमालेको परिमार्जित विधान अनुसार गाउँपालिका, नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् ।
एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।

प्रतिक्रिया