कांग्रेस निर्वाचन समितिले आज पदाधिकारीसँग छलफल गर्दै

नेपालखोज २०७८ कार्तिक ९ गते १०:११

काठमाडौं । पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरूसँग छलफल गर्दैछ ।

महाधिवेशन कार्यतालिकाअनुसार गत भदौं १८ गते वडा अधिवेशन थालेको कांग्रेसको यसपछिका कार्यतालिका भने प्रभावित भइसकेका छन् ।

तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भएको ६४ जिल्लामध्ये हालसम्म ४६ जिल्लामा पालिकासम्मको अधिवेशन सम्पन्न भएको छ भने १३ वटा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

दसैँ अघि नै २१ वटा हिमाली जिल्लाको अधिवेशन सम्पन्न गर्ने भनिए तापनि रसुवामा अधिवेशन प्रक्रिया नै शुरु भएको छैन ।

त्यस्तै, प्रदेश–२ को ८ जिल्लासहित डोल्पा, कैलाली, बाँके, सुर्खेतमा पनि अधिवेशन प्रक्रिया शुरु भएको छैन । रसुवा र रौटहटको क्रियाशील सदस्यता विवाद अहिलेसम्म मिलेको छैन ।

बाँकी ११ जिल्लामा अधिवेशन प्रक्रिया शुरु गर्नेबारे हिजो केन्द्रीय निर्वाचन समितिको बैठकले नयाँ कार्यतालिकाको खाका तयार गरेको छ ।

प्रतिक्रिया