‘अदालतमा राजनिति भइरहेको छ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायालय र संसद्मा ‘तमासा भइरहेको’ बताएका छन् । अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिए ।
अदालतमा भएको सेटिङ भइरहेकाे उनको भनाइ थियो। उनले भने ‘अदालतमा के सेटिङ हो, कस्तो सेटिङ हो हेर्दैछौं हामी,’ ‘जुन राजनीति अहिले सर्वोच्च अदालतमा भइरहेको छ, हाम्रो चिन्ता अदालतको विश्वसनीयताबारे हो। अदालत देशको महत्वपूर्ण अंगको रूपमा रहोस्, दलीय गुटबन्दीमा फस्नु हुँदैन, त्यहाँभित्रको खिचतानीमा पस्नु हुँदैन भन्ने हो।’
मंगलबार (आज)विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानन्यायाधीशले राजीनामा दिने कि नदिने भन्नेबारे एमालेको कुनै पक्षधरता नरहेको बताउँदै अदालत संविधानअनुसार चल्नुपर्ने बताए ।

प्रतिक्रिया