‘सरकारले खेलकुद विकासका लागि विशेष ध्यान दिनुपर्छ’
नेपालखोज
२०७८ कार्तिक ९ गते १२:२१

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकुदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उनले खेलकुदले नागरिकलाई स्वस्थ राख्ने र स्वस्थ नागरिकले नै राष्ट्रका लागि योगदान दिन सक्ने भएकाले सरकारले खेलकुदको विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।
नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापना र नागरिक सर्वोच्चताका लागि गणेशमान सिंहले छ दशकसम्म निर्वाह गरेको भूमिका अनुकरणीय रहेको बताए ।
सम्बन्धित

प्रतिक्रिया