नेपालमा सक्रिय संक्रमितको संख्या १० हजारमा झर्‍यो

नेपालखोज २०७८ कार्तिक ९ गते १६:३१

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार २९६ मा झरेको छ ।

नेपालमा गत चौबीस घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ जना गरि कुल ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १० हजार २९८ र एन्टीजेन विधिबाट ९४ हजार २१५ पुगेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ६२२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ३ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको छ ।

प्रतिक्रिया