नयाँ कामदार लैजाने विषयमा कोरिया मौन, पुराना १ सय १९ कामदार मात्रै लैजाने

नेपालखोज २०७८ कार्तिक १० गते ७:४६

काठमाडौं । कोरिया सरकार नेपालबाट नयाँ कामदारलाई लैजाने विषयमा मौन रहेको छ ।

कोरियामा चार वर्ष काम गरी नेपाल फर्केका कामदारलाई सोही रोजगारदाताले बोलाएमा मात्रै कामदार कोरिया प्रवेश पाउने व्यवस्था कोरिया सरकारले गरेको छ ।

सोही निर्णयमा टेकेर कोरियाले नेपालबाट एक सय १९ जना कामदार मात्रै लैजाने भएको छ । उक्त व्यवस्थाअनुसार १० कात्तिकमा ४८ जना कामदार कोरिया जाने भएका छन् ।

कोरियामा चार वर्ष काम गरी फर्केका एक सय १९ जना कामदार रहेको कोरिया शाखाले जनाएको छ । कोरोना महामारीका कारण कोरियाले विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो ।

करिब १९ महिनापछि पुराना कामदारलाई भने कोरिया प्रवेश खुला गरेको हो । पुराना रोजगारदाता कम्पनीले रोजगारीका लागि बोलाएमा मात्रै जान पाउने व्यवस्था गरेको कोरिया शाखा प्रमुख सुरेश राउतले बताए ।

प्रतिक्रिया