न्यायाधीशहरूकाे बैठक आज पनि, सर्वोच्चकाे बहस राेकियाे
नेपालखोज
२०७८ कार्तिक १० गते ९:१६

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक आज (बुधबार) पनि बस्दै छ । आज बिहान ११ बजे उनीहरूको छलफल हुने बताइएको छ ।
हिजो कानुन व्यवसायिहरुको छाता संगठन नेपाल बार एसाेसिएसनको बैठक पनि बसेको थियो । बैठकले बुधबार (आज)बाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने पक्षमा रहेका कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका हुन् ।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर चरणबद्ध आन्दोलन गर्ने एसाेसिएसनका केन्द्रीय सदस्य खिमानन्द अधिकारीले बताए ।
जबराविरुद्धका न्यायाधीशले दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ ।
सम्बन्धित

प्रतिक्रिया