शनिबार, जेठ ४, २०८२

चीनबाट १० लाख मात्रा खोप नेपाल आइपुग्यो

नेपालखोज २०७८ कार्तिक १० गते १६:०९


काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा‍. दीपेन्द्ररमण सिंहले १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको जानकारी दिए ।

उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत १ लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो । रासस

प्रतिक्रिया