प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाँदै, भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने
नेपालखोज
२०७८ कार्तिक ११ गते ९:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार (भोली) स्कटल्याण्ड जाँदै छन् । देउवा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६) भाग लिन स्कटल्याण्ड जाने भएका हुन् ।
यसैक्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा भेट हुने भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवा भने १२ गते स्कटल्याण्ड गएर १८ गते नै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया