बैंक अफ काठमाण्डूले दियाे स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री

काठमाडौं । बैंक अफ काठमाण्डूले देशभरीका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
विश्व महामारीकोरुपमा रहेको कोरोना भाइरस कोभिड –१९ सँग लडन सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्र्तगत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण, मास्क र सेनिटाइजरहरु हस्तान्तरण गरेको छ ।
प्रदेश नं १ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्र्तगत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा संचालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा संचालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र किर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदुरपश्चिम प्रदेश अन्र्तगत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहहरुका बीच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीहरुद्वारा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोतसाधनका बीच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैकले आफ्नो समाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, दैविक प्रकोप, वित्तीय साक्षरता लगायत थुप्रै क्षेत्रहरुमा अग्रसर भई सबै प्रदेशहरुमा समानुचित रुपमा सहयोग हस्तान्तरण गरिरहेको छ ।
प्रतिक्रिया