बितेका २४ घन्टा
– चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा अर्धवार्षिक समीक्षामार्फत १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान ।
– सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द गर्ने । – सुनील पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ठेकेदारबाट ३ करोड घुस खातामै ।
– मकुना हात्ती मृत्यु प्रकरणमा सरकारद्वारा छानबिन समिति गठन ।
– अध्यागमन कानुन उल्लंघनका कारण २०२४ को मे देखि युक्रेनको जेलमा रहेका दुई नेपाली नागरिक नेपाल फर्काइए ।
– रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतबाट ५४ लाख रूपैयाँ धरौटीमा रिहा , प्राप्त प्रमाणले रविलाई निर्दोष मान्न नसकिने अदालतको ठहर ।
– दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस नहुने , निर्णयबाट पछि हट्यो सरकार ।
– ऐन महरविरूद्ध परेको जाहेरीमा अनुसन्धान अगाडि बढाउन उच्च अदालत पाटनको आदेश ।
– क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ ।
– झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु । – पार्टीको विधि र पद्धतिबाहिर जथाभावी अभिव्यक्ति नदिन नेता-कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन । – आशा लघुवित्तले छ महिनामा कमायो दुई करोड ३६ लाख रुपैंयाँ खुद मुनाफा ।
– माध्यमिक तहको स्वास्थ्य विषय अनिवार्य बनाउन सरोकारवालाहरु एकमत ।
– सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने ।
– भौतिक पूर्वाधारमन्त्री दाहाल र भारतीय राजदूतबीच नेपाल-भारत रेल मार्गबारे छलफल । – आहारारा पोखरा गोल्डकपमा एनआरटीलाई सडनडेथमा हराउँदै चर्चब्वाइज क्वाटरफाइनलमा । – समस्याग्रस्त अवस्थामा रहेका सङ्घीय स्तरका १९ सहकारी संस्थाका बचत सदस्यलाई आफ्नो बचतको छुट दाबी पेस गर्ने मौका ।
– सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु । – त्रिविमा २०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षाको फारम खुल्यो । – ८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा । – कार्यविधि संशोधन गरेर सहुलियतपूर्ण कर्जा सम्बन्धी व्यवस्था परिर्वतन हुँदै, सीमा घटाउने तयारी । – घरभाडा खर्च अर्ब नाघेपछि कूटनीतिक कर्मचारीलाई कस्दै सरकार, प्रमुख सडकका घर भाडामा लिन नपाउने । – इन्टरनेटको एडिक्सन र बुलिङको समस्या विपद्कै रूपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुबाट चिन्ता व्यक्त ।
– इटहरी उपमहानगरभित्रको राजनीतिक विवाद उत्कर्षमा, मेयर-उपमेयर नै आमनेसामने । – नेपाल ग्यास उद्योग संघबाट सरकारले १९ बुँदे माग पूरा नगरे फागुन २२ गते पछि ग्यासको बिक्री वितरण रोक्ने चेतावनी । – प्रभु केवलकारले प्राइभेट ईक्युटी र स्टक ब्रोकर कम्पनीमा लगानी गर्ने । – एभियाक्लब पोखराबाट सगरमाथा र त्यस वरपरका चुचुरा तथा कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको परीक्षण उडान । – नेपालमा पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण हुने । – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका सबै ७० जना रिहा । – सरकार आवासीय चिकित्सकका माग सम्बोधन गर्न तयार ।
– चलचित्र ‘जुना एक व्यथा’ आज शुक्रबारदेखि प्रदर्शनमा आउने । – काठमाडौंमा ‘नेपाल–भारत रङ्ग महोत्सव’ , माघ ३० गतेसम्म चल्ने महोत्सवमा छ वटा नाटक प्रदर्शन गरिने । – रामकृष्ण ढकालले गरे ‘लता मंगेशकर लभ इन मेमोरी’ कार्यक्रम । – गायक उदित नारायण झाको अर्को चुम्बन भिडिओ भाइरल । – ‘फेरि रेशम फिलिली’को टिजरमा अमेरिका जान संघर्षरत युवाको कथा । – महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले आगामी चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने । – मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता । – नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक विकेटले हरायो, नेपाल र थाइल्याण्डको खेल आज शुक्रबार ।
स्रोत : विभिन्न एजेन्सी तथा अनलाइनहरु
आगलागी नियन्त्रण गर्दै नेपाली सेना मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा यही माघ १९ गतेदेखि लागेको आगो नियन्त्रण गर्दै रत्नदल गुल्म मनाङ चामेका नेपाली सेना । जङ्गलमा लागेको आगो भौगोलिक विकटताका कारण अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित सबै तहका सुरक्षा टोली र स्थानीय निरन्तर आगलागी नियन्त्रणमा खटिइरहेका छन् । तस्बिर : नवीन लामिछाने/रासस
प्रतिक्रिया