बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित
नेपालखोज
२०७८ कार्तिक ११ गते १४:५५

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बिरोधलाई निरन्तरता दिएको हो ।
बैठकमा एमालेको अवरोधकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गरेका छन् ।
त्यस्तै प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम विविध कारणले लागातार १० वा सो भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका तीन सांसद् झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितीको सूचनालाई सभाले स्विकृती जनाएको छ । प्रतिनिधिसभाको अर्को बैठक २०७८ कार्तिक २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।
सम्बन्धित

प्रतिक्रिया