वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेले लिए पद तथा गोपनीयताको शपथ
नेपालखोज
२०७८ कार्तिक ११ गते १६:३६

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज दिउँसो प्रदेश प्रमुख यादवराज शर्मामार्फत उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेले आजै तीन मन्त्री नियुक्त गर्दै ४ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।
उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा(एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरे ।
नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका थिए । –रासस
सम्बन्धित

प्रतिक्रिया