आम निर्वाचनमा कांग्रेसको कुनै पनि दलसँग गठवन्धन हुँदैन : नेत्री कोइराला

नेपालखोज २०७८ कार्तिक ११ गते १७:१४

चितवन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताएकी छन् । चितवनमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, “गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।” कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ ।

फरक प्रसंगमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताएकी छन् । उनले भनिन्, “सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर्‍यो । समयमा नै अधिवेशन हुनुपर्छ ।”

महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन् । राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताएकी छन् ।

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन् । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, “यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।”

प्रतिक्रिया