कांग्रेसकाे १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाण्डाैमा हुने
नेपालखोज
२०७८ कार्तिक ११ गते २२:२०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने भएको छ । कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो ।
निर्वाचन समितिले बुधबार भने मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको थियो । तर बिहीबार बसेको समितिको बैठकले मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको समितिका संयोजक महादेव यादवले जानकारी दिए ।
निर्वाचन समितिले बाँकी रहेका वडा अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, प्रतिनिधिसभा क्षेत्र अधिवेशन, स्थानीय तह अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको पनि नयाँ मिति तोकेको छ ।

सम्बन्धित

प्रतिक्रिया