आजको मौसम : पहाडी तथा हिमाली भू–भागमा वर्षाको सम्भावना

नेपालखोज २०७८ कार्तिक १२ गते ६:००

काठमाडौं । आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पनि पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती देशको पहाडी भु–भागमा आंशिक बदली रहने छ । राती पनि उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया