विवेकशील साझामा किचलो, पाण्डे पक्षको बैठक बस्दै

नेपालखोज २०७८ कार्तिक १२ गते ६:२१

काठमाडौं । विवकेशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले आज केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन बैठक बोलाएको उक्त समूहले जनाएको छ ।

बिहीबार मिश्रले पाण्डेको सहमतिबिना केन्द्रीय कमिटीको बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने आफ्नो राजनीतिक प्रस्ताव दुईतिहाइ मतले पारित गरेपछि पाण्डे पक्ष रुष्ट छ ।

हिजोको सो विषयमा स्पष्टीकरण माग्दै अध्यक्ष मिश्रलाई कारबाही गर्ने निर्णय गर्न आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कमिटीको बैठक राखेको संयोजक पाण्डे पक्षले जनाएको छ ।

प्रतिक्रिया