बारले आज प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलन घोषणा गर्दै
नेपालखोज
२०७८ कार्तिक १२ गते ७:०३

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आज थप आन्दोलन घोषणाको तयारी गरेको छ ।
कार्यसमितिको बैठक बसेर आज जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।
नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुंग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो ।
जबराले राजीनामा नदिए देशैभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्ने निर्णय गरेको थियो ।
बारले त्यस्तो चेतावनी दिँदा प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनुपर्ने समय भने उल्लेख गरेको थिएन ।
सम्बन्धित

प्रतिक्रिया