एमाले केन्द्रीय कमिटी बैठक बस्दै, महाधिवेशनबारे भएका निर्णय अनुमोदन गर्ने

काठमाडौं । पार्टीको राष्ट्रिय महाधिवेशनबारे भएका निर्णय अनुमोदन गर्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ ।
पार्टीको राष्ट्रिय महाधिवेशनबारे हिजोको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो । आज विहान ११ बजे बस्ने बैठकमा स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड पेश गरिने छ ।
हिजोको स्थायी कमिटी बैठकले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने निर्णय गरेको छ । बैठक पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
सचिव प्रदीप ज्ञवालीका अनुसार महाधिवेशनमा भूगोलबाट १ हजार १ सय ९६ जना प्रतिनिधि सहभागी हुने छन् । त्यस्तै हरेक निर्वाचन क्षेत्रबाट ३ जना महिला प्रतिनिधि आउने र त्यो ३३ प्रतिशत हुने प्रवक्ता ज्ञवालीले बताए ।
महाधिवेशनमा थोरै प्रतिनिधि सहभागी गराउने निर्णय गरेको एमालेले गत राष्ट्रिय विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधिलाई सहभागी गराएको थियो ।

प्रतिक्रिया