काेराेना खोप लगाएकाले संक्रमण सार्ने सम्भावना कति हुन्छ ?

नेपालखोज २०७८ कार्तिक १२ गते १२:२३

काठमाडौं । यूकेमा गरिएको एउटा अध्ययनमा दुई मात्रा खोप लगाएका मानिसमा पनि कोभिड भइरहेको र उनीहरूले आफूसँग बस्ने अरूलाई संक्रमण सारिरहेको देखाएको छ।

विज्ञहरूका अनुसार दुई मात्रा खोप लगाएका मानिसले पनि खोप नै नलगाएका मानिसले जत्तिकै संक्रमण फैलाउन सक्ने बताएका छन्।

लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर संक्रमण भएका मानिसले एउटै घरमा बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको छ। अर्थात् उनीहरूले ५ जनामध्ये २ जनालाई कोभिड सार्ने बताइएको छ ।

घरमा नै अधिकांश संक्रमण फैलिने भएकाले घरमा बस्ने खोप लिनयोग्य मानिस सबै जनाले खोप लिएको सुनिश्चित गर्नु तथा आवश्यक थप मात्रा लिनु उपयुक्त हुने विज्ञहरूको सुझाव छ। बीबीसी

प्रतिक्रिया