कांग्रेसको कार्यवाहक सभापतिकाे जिम्मेवारी निधिलाई
नेपालखोज
२०७८ कार्तिक १२ गते १२:२७

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापति बिमलेन्द्र निधि भएका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा सात दिने बेलायत भ्रमणमा निस्किएपछि निधि कार्यवाहक सभापति बनेका हुन् ।
राष्ट्रसंघ आवद्ध देशका नेताहरुको सम्मेलन ‘वर्ल्ड लिडर समिट’मा भाग लिन प्रधानमन्त्री २० सदस्यीय टोलीको नेतृत्त्व गर्दै बेलायत प्रस्थान गरेसँगै उनले याे जिम्मेवारी पाएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया