विश्वकप टी–ट्वान्टी क्रिकेटमा दुई खेल हुँदै
नेपालखोज
२०७८ कार्तिक १२ गते १२:४९

सारजाह । विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछ । सारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । समूह १ मा रहेको वेस्ट इन्डिज अंकविहीन रहदै पुछारमा रहेको छ । वेस्ट इन्डिज र बंगलादेशबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ ।
आजै हुने दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तान र अफगानिस्तानबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ ।
पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।
पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया