भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४२ लाख नाध्याे
नेपालखोज
२०७८ कार्तिक १२ गते १३:५४

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
यस्तै सोही अवधीमा कोरोना संक्रमणबाट ८०५ जनाको मृत्यु भएकाे छ । यससँगै काेराेनाबाट संक्रमित हुनेकाे कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् ।
हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोना सुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । रासस\सिन्ह्वा
सम्बन्धित

प्रतिक्रिया