मेगा बैंकको २०१औं शाखा कपिलवस्तुको चन्द्रौटामा
नेपालखोज
२०७८ कार्तिक १२ गते १४:३५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ ।
यो मेगा बैंकको २०१औं शाखा हो । बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया