‘नेपाल र स्पेनका प्रदेश तथा स्थानीय तहबीच सहकार्य जरुरी’
नेपालखोज
२०७८ कार्तिक १२ गते १५:३१

काठमाडौं । स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका सभामुख देलगाडो नेतृत्वको टोलीले शुक्रबार सिंहदरबारमा पुगेर अध्यक्ष तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र स्पेनबीचको सुमधुर कूटनीतिक सम्बन्ध रहेको बताउँदै त्यहाँको प्रदेश तथा स्थानीय तह र नेपालका प्रदेश तथा तहबीच सहकार्य जरुरी रहेको बताए । भेटका क्रममा सभामुख देलगाडोले नेपाल र स्पेन सरकार तथा संसदको सम्बन्ध सुमधुर रहेको बताए ।
उनले एक्त्रामादुरा प्रदेश र नेपालका प्रदेशबीच पनि सहकार्य गर्न सकिने बताउँदै त्यसका लागि आफ्नो पहल रहने जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया