चाैबीस घण्टामा ५४९ संक्रमित थपिए, ५६९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा संक्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ रहेका छन् ।
५०० भन्दा बढी संक्रमण हुने जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८।५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ ।
पछिल्लो २४ घण्टामा ५६९ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ९० हजार ३५८ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।
यसैगरी आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भइसकेको छ । होम आइसोलेसन नौ हजार ३७९, संस्थागत आइसोलेसनमा ७७२, सघन उपचार कक्ष (आइसियु)मा २४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् ।

प्रतिक्रिया