बर्हिगमित जनमुक्ति सेना नेपालद्वारा कार्यवाहक प्रमलाई ज्ञापन

नेपालखोज २०७८ कार्तिक १२ गते १९:०२

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई आज ज्ञापनपत्र बुझाएको छ ।

गृह मन्त्रालयमा उक्त संगठनका इञ्चार्ज असिम आङ्बुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधिमण्डल बर्हिगमित जनमुक्ति सेना नेपालले उठाएका माग सम्बोधन गर्न कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै खाँणले अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने आश्वासन दिए । संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकाले सम्बोधनको पहल गरिदिन आग्रह गरेका थिए । वृहत् शान्ति सम्झौता पश्चात शैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणिकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बर्हिगमनमा परेका थिए ।

ज्ञापनपत्रमा बर्हिगमित जनमुक्ति सेनाका घाइते तथा आपाङ्गको बर्गिकरण गरी प्ररिचयपत्र प्रदान गर्नुपर्ने सोही परिचयपत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने, विभिन्न बहानामा जेल परेका बर्हिगमितलाई निःसर्त रिहा र आममाफीलगायत माग राखिएको छ ।

प्रतिक्रिया