प्रधानन्यायाधीशलाई राजीनामा दिन बार एशोसिएसनको पाँच दिने अल्टिमेटम

नेपालखोज २०७८ कार्तिक १२ गते २१:५०

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको छ । बारले जबराको राजीनामा माग्दै आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । बारको शुक्रबार बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

बारले प्रधानन्यायाधीश राणासँग अब इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गरेको छ । बारले यही कात्तिक १४, १५, १६ र १७ गते हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि प्रदशन गर्ने निर्णय गरेको छ ।

त्यस्तै १६ गते धर्ना दिने, देशका ९० वटै बार इकाइसँग छलफल गर्ने, बारका निर्णयहरु सबै इकाइमा परिपत्र गर्ने निर्णय पनि गरिएको छ । बारले तय गरेका कार्यक्रम अवधिभर पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया