‘सरकारले इन्धनको मूल्य बढाएर गल्ती गर्यो’

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोर्याउन नहुने बताएका छन् ।
नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा बौल्दै नेता सिंहले त्यस्तो बताएका हुन् ।
नेता सिहले १३ औं महाधिवेशन पछि नेतृत्व पाएर जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए । पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै बिग्रने उनेको भनाइ छ ।
‘अहिले पार्टीको परम्परा नै मिचिएको छ,’ उनले भने ‘देश बनाउँछु भनेर अगाडी बढ्ने नेताहरूले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् ।’ अबसर पाएर पनि काम नगर्नेहरूलाई रिपिट गर्ने कार्यले पार्टीलाई फाइदा नगर्ने उनको भनाइ छ ।
एक अर्काे प्रसंगमा नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता बिबाद कायम रहेका बताउदै विधी र नियमपूर्वक समाधान गर्नु पर्ने बताए । रौतहट जिल्लाका कार्यकर्ताहरू धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मैन रहेको भन्दै उहाँले आपत्ति समेत जनाए ।
नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नु पर्ने बताए । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्किो स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको धारणा राखे ।
फरक प्रसंगमा नेता सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताए । जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उहाँले टिप्पणी गरे ।
आफुले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यबृद्धि तत्काल फिर्ता ल्याउन माग समेत गरे ।

प्रतिक्रिया