आइतबार, जेठ ६, २०८१

विश्वकप फुटबल : कतारले १५ लाखले हेर्ने अत्याधुनिक ७ रंगशाला बनायो

नेपालखोज २०७९ जेठ ३० गते ११:०३

काठमाडौं । विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा अन्तर्राष्ट्रिय फुटबल संघ फिफामा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा कतारल विश्वकप आयोजना गर्ने बाजी मारेको थियो । मतदान हुँदा विश्वकप फुटबल सञ्चाल
न गर्न पाउने दाबेदारीमा उसले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पनि पछि पारेको हो । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुने छ ।

विश्वकप आयोजना गर्न पाउने अधिकार पाउन कतारले फिफाका अधिकारीहरूलाई ३७ लाख अमेरिकी डलर घुस खुवाएको आरोप पनि लागेको थियो । तर दुई वर्षपछि त्यो आरोपमा उसले सफाइ पायो । फिफाका तत्कालीन प्रमुख सेप ब्लाटरले विश्वकप आयोजना गर्न पाउने कतारको प्रयासलाई सघाएका थिए । तर त्यसपछि उनले फिफाले त्यो निर्णय गरेर गल्ती गरेको हुन सक्ने बताउँदै आएका छन् ।

छलछाम, हिनामिना र भ्रष्टाचारका अरू आरोपमा हाल ब्लाटरमाथि स्विटजरल्यान्डमा मुद्दा चलिरहेको बीबीसीले उल्लेख गरेको छ । विश्पकप फुटबल सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू निर्माणमा संलग्न आप्रवासी कामदारहरूसँगै राम्रो व्यवहार नगरेको भन्दै एम्नेस्टी इन्टरन्याश्नल र ह्युमन राइट्स वाचले आरोप लगाएका छन् ।

विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो । समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अंक ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भएका छन् । सन् २०१८ को विश्वकप फुटबलको उपाधि उचालेको फ्रान्स सहभागी हुन पाउने भएको छ भने अहिलेको युरोपियन च्यान्पिअन इटली विफल भएको छ ।

प्रतिस्पर्धाका लागि विभिन्न ३२ वटा टोली छानिएका छन् । प्रत्येक समूहमा चारचार टोली गरी आठवटा समूह हुने छ । फाइनल खेल जित्ने प्रत्यासी टोलीका रूपमा ब्रजिल, इंग्ल्यान्ड, फ्रान्स र स्पेनलाई हेरिँदै छ । २९ लाख जनसंख्या भएको कतार विश्वका अति सम्पन्न देशमा पर्छ । तेल तथा ग्यास निर्यातलाई उसको सम्पन्न्ताको कारण मानिन्छ ।

विश्वकप फुटबल प्रतियोगिताकै लागि भनेर कतारले सातवटा रंगशाला बनाएको छ भने फाइनल खेलका लागि एउटा सिंगो सहरकै विकास गरेको छ । सयभन्दा बढी होटल, नयाँ मेट्रो तथा नयाँ सडकहरूको निर्माण भइरहेको छ । प्रतियोगिता आयोजक समितिका अनुसार करिब १५ लाख मानिस खेल हेर्न उपस्थित हुने अनुमान गरिएको छ । -बीबीसी

प्रतिक्रिया