न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने, कालोपट्टी बाँधेर सर्वोच्चमा धर्ना दिँदै

काठमाडौं । न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने भएको छन् ।
शुक्रबारको बैठकमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नेबारे सामान्य छलफल गरेका थिए, तर टुंगोमा पुगेका थिएनन् ।
विस्तृत छलफल गर्ने गरी बैठक सकिएको यायाधीशले बताएका छन् । नागरिकको न्याय पाउने हक कुण्ठिन नहोस् भन्नेमा पनि आफूहरू सजग रहेको उनीहरूको भनाइ छ ।
बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आज कार्यालय आउँदै छन् । उनीहरूसहित बैठक बसेर आज ठोस निचोडमा पुग्ने एक न्यायाधीशले बताए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २० न्यायाधीश कार्यरत छन् ।
यसैबिच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गर्दै छ ।
बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने बारको कार्यक्रम छ । धर्नाका बीच मंगलबार विरोधसभा पनि गर्ने बारको निर्णय छ ।

प्रतिक्रिया