चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माणकाे तयारी

नेपालखोज २०७८ कार्तिक १४ गते १४:०४


काठमाडौं । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन् ।

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज समापन गर्दै उनले के गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले छलफल गरेर टुंगोमा पुगिने बताएका हुन् ।

कोरोनाबाट सञ्चार माध्यम र पत्रकार प्रभावित भएको आफूहरुलाई स्पष्ट रुपमा जानकारी भएको उल्लेख गर्दै उनले छिटो सरोकारवालासँग छलफल गरिने बताए । सो अवसरमा मन्त्री खनालले आमसञ्चार प्रतिष्ठान चितवनमा निर्माण गर्नका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो मन्त्रालयले विभिन्न क्षेत्र हेर्ने भए पनि आफू मन्त्री भएलगत्तै पहिलो निर्णय पत्रकारसँग सम्बन्धित कार्यविधिमा हस्ताक्षर गरेको बताए ।

कार्यक्रममा महासंघका वाग्मती प्रदेश अध्यक्ष शिव देवकोटाले यसअघि प्रदेश सरकारले निर्णय गरेको सञ्चार क्षेत्र विरोधी निर्णयको खारेजीको माग गर्दै सञ्चारमैत्री कानून निर्माण गर्न अनुरोध गरे।

प्रतिक्रिया