यू–२३ एसियन कप : नेपाल लेबनानसँग ४–० ले पराजित
नेपालखोज
२०७८ कार्तिक १५ गते ७:२६

काठमाडौं । एएफसी युथ २३ एसियन कप फुटबलको समूह बी मा लगातार तेस्रो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
हिजो भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भयो । वर्तमान राष्ट्रिय टोलीका ६ खेलाडी तथा सिनियर टोलीको अनुभव बोकेका अन्य ५ खेलाडी भएपनि टोली खेलमा सफल हुन सकेन ।
पहिलो खेलमा इरानसँग ४–० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० को हार बेहोरेको थियो । नेपालले प्रतियोगितामा उक गोल पनि गर्न सकेन भने अंकको खाता खोल्न सकेन ।
सम्बन्धित

प्रतिक्रिया