चौबीस घण्टामा ५३३ संक्रमित थपिए, ४९० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ४९० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६८ जनाको पीसीआर परीक्षणबाट ४४१ र ४ हजार १९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९२ जना गरी जम्मा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४१६ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ३१८ रहेको छ ।
हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ६ लाख ७३ हजार १९८ जना पुगेका छन् । हाल नेपालमा क्वारिन्टिनमा ३८१ र आइसोलेसनमा ३७ हजार ३३२ जना रहेका छन् । नेपालमा हालसम्म ७ लाख २० हजार ६८० जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया