प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनकाे दाबी पेस
नेपालखोज
२०७८ कार्तिक १५ गते १८:१४

काठमाडाैं । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनले दाबी पेस गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पाँच दलीय गठबन्धनले सरकार गठन गर्न सोमबार दाबी पेस गरेको हो ।
प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् । ४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरिएको जनाइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया