तीनवटा प्रदेशमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७८ कार्तिक १६ गते ७:४३

काठमाडाैं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया