सीता एयरको जहाज दुर्घटना !
नेपालखोज
२०७८ कार्तिक १६ गते ८:४३

काठमाडौं ।सीता एयरको जहाज आज (मंगलबार) बिहान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा हुम्लाको सिमिकोट उड्ने बेलामा उक्त जहाज बँदेलसँग ठोकिएको हो ।
दुर्घटनामा मानवीय क्षति नभएको बताइएको छ । जहाजमा भने क्षती भएको छ । सो जहाजको अगाडिको र पछाडिको टायरको बीच भागमा प्वाल परेको छ ।
दुर्घटना हुँदा अहिले विमानस्थल बन्द गरिएको छ । बन्द विमानस्थल सन्चालनको प्रयास भइरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया