नेपाल बैंकको खुद मुनाफा ७५ करोड ४८ लाख

काठमाडौं । नेपाल बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ७५ करोड ४८ लाख ५५ हजार नौ सय १८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकको यस्तो नाफा ५५ करोड चार लाख १९ हजार तीन सय ९३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ रहेको बैंकले चालुु आवको पहिलो त्रैमासमा एक खर्ब ७३ अर्ब नौ करोड ८५ लाख ९० हजार दुई सय ३९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब १३ करोड ७० लाख १४ हजार तीन सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ६५ करोड ९० लाख १७ हजार तीन सय ६६ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुुई प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
सो अवधिमा तीन दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १४ करोड ६८ लाख एक हजार तीन सय दुई रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६२ अर्ब १८ करोड १३ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब ४२ करोड चार लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब ४८ करोड १५ लाख ९२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव दुई प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३८ प्र्रतिशत रहेको थियो ।
प्रतिक्रिया