मेगा बैंकको ९१ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा

काठमाडौ । मेगा बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रेमासिक अवधिमा ९१ करोड ४६ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने बैंकले ६० करोड ७९ लाख तीन हजार आठ सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
हाल चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार नौ सय ५८ रुपैयाँ रहेको बैकले चालुु आवको पहिलो त्रैमासमा एक खर्ब ४२ अर्ब ३२ करोड ४५ लाख ३३ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४१ अर्ब ८५ करोड ५२ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ५१ करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ४८ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४९ करोड ८३ लाख ७४ हजार पाँच सय तीन रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ३६ अर्ब ८९ करोड ३५ लाख ८८ हजार चार सय छ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३७ अर्ब ३६ करोड ८२ लाख ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब ३३ करोड १४ लाख ९१ हजार सात सय २४ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव शुन्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ३८ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया