सोमबार, वैशाख १५, २०८२

शिवम् सिमेन्टको दोस्रो वार्षिक साधारणसभा, के भयो निर्णय

नेपालखोज २०७८ कार्तिक १६ गते २१:३८

काठमाडौं । शिवम सिमेन्टको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले पव्लिक कम्पनीमा परिणत भईसके पछिको छैठौं वार्षिक साधारण सभा कात्तिक १६ गते अर्थात मंगलबार सम्पन्न गरेको हो ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सेयरधनीहरु जुम भर्चुअल माध्यमबाट समेत सहभागिता र उपस्थितीमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजी चार अर्व ४० करोडको २९ प्रतिशतका दरले (लाभाँसमा लाग्ने कर सहित) हुन आउने एक अर्व २७ करोड ६० लाख मात्र नगद लाभाँस रकम वितरण गर्ने प्रस्तावसहित कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव २०७७/०७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका सम्लग्न विवरणहरु आव २०७८/०७९ को आयव्ययको लेखापरीक्षण गर्न सुवोध एशोसियट्स, चार्टर्ड एकाउण्टटेण्ट, काठमाडौंलाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव सहितका सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीका अनुसार सर्व साधारण सेयरधनीहरुको बैंक खातामा सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लि. मार्फत नगद लाभाँस वितरण गर्ने कार्यक्रम रहेकोले आ-आफ्नो नामको बैंक खाता नम्बर डिम्याट एकाउण्टमा अद्यावधिकन गरेको भए अद्यावधिक गरी नगद लाभाँस प्राप्त गर्ने छन भन्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

प्रतिक्रिया