मंगलबार, असार १७, २०८२

जलवायु सम्मेलनमा किन गएनन् रुस र चीनका राष्ट्रप्रमुख ?

नेपालखोज २०७८ कार्तिक १७ गते ८:४३

ग्लास्गो । जलवायु सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुख उपस्थित भएनन् । यसै विषयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुसको आलोचना गरेका छन् ।

बेलायतको ग्लास्गोमा जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै राष्ट्रपति बाइडेनले चीन र रुसको कडा आलोचना गरेका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले चीन र रुसका राष्ट्रप्रमुख सहभागी नभएको भन्दै आलोचना गरेका हुन् । उनले जलवायु परिवर्ततको मुद्दा विश्वव्यापी चासोको विषय रहेपनि चीन र रुसले त्यसलाई प्राथमिकतामा नराखेको टिप्पणी गरे ।

विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने मुलुक चीन रहेको भन्दै बाइडेनले दुवै मुलुकले आफ्ना प्रतिनिधि मात्र सम्मेलनमा पठाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । यही नोभेम्बर १४ सम्म चल्ने सम्मेलनमा १२० भन्दा बढी मुलुकका नेताहरु उपस्थित भएका छन् ।

चीनपछि कार्बन उत्सर्जन गर्ने मुलुकमा अमेरिका र रुस युरोपियन युनियनपछि पाँचौ नम्बरमा भारत रहेको छ । सम्मेलनमा विश्वका नेताहरुले यसअघि नै सन् २०३० सम्ममा वन विनास अन्त्य गर्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया