देउवा–मोदीबीच यस्ता कुरामा भए छलफल
नेपालखोज
२०७८ कार्तिक १७ गते ८:५१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उनीहरुबीच जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्कटल्याण्डको ग्लास्गोमा भेट भएको हो ।
भेटमा प्रधानमन्त्री देउवाले नेपालगञ्ज र महेन्द्रनगरबाट हवाईजहाज प्रवेश विन्दुलाई अनुमति दिन ,रासायनिक मलको आपूर्तिलाई निरन्तरता दिन, भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण, पूर्वाधार पुनर्निर्माण लगायतका सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकता र खाँचोलाई सकारात्मक रुपमा हेर्ने बताएका छन् ।
भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृंगालालगायत सहभागी थिए ।
सम्बन्धित

प्रतिक्रिया