मंगलबार, असार १७, २०८२

जलवायु सम्मेलनमा उपस्थित नभएको भन्दै बाइडेनले गरे चीन र रुसका नेताको आलोचना

नेपालखोज २०७८ कार्तिक १७ गते ९:१४

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी कोप २६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्। मंगलबार राति कोप -२६ मा बोल्दै बाइडेनले जलवायु एउटा ठूलो मुद्दा भएको र चीन त्यसबाट टाढिएको बताएका हुन्।

उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए। ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्।

तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्। यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन्। बीबीसी

प्रतिक्रिया