‘अरुणबाट उत्पादित विद्युत‍्ले नेपालको अर्थतन्त्र मजबुत बनाउँछ’

नेपालखोज २०७८ कार्तिक १७ गते १०:३४


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संखुवासभाको अरुण नदीबाट उत्पादित विद्युत‍्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताएका छन् ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत‍्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए ।

नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उनले जानकारी दिए ।

‘अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ’, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने मन्त्री शर्माले प्रतिबद्धता जनाए ।

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो । रासस

प्रतिक्रिया