मन्त्री झाँक्री अस्पतालबाट डिस्चार्ज

नेपालखोज २०७८ कार्तिक १८ गते ७:१०

काठमाडौं । निमोनियाँका कारण एक साताअघि वीर अस्पतालमा भर्ना भएकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री डिस्चार्ज भएकी छन् ।

मन्त्री झाँक्री बुधबार राति डिस्चार्ज भएकी हुन् । उनले सामाजिक सन्जाल फेसबुकमा आफू डिस्चार्ज भएको जानकारी दिएकी छन् ।

‘उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरू, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरू, मन्त्रालयका कर्मचारी मित्रहरूलगायत स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्ण आफन्तजन एवं साथीभाइहरूप्रति आभार प्रकट गर्छु,’ उनले लेखेकी छिन् ।

चिकित्सकले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको सल्लाह दिएको बताउँदै उनले केही दिन भेटघाट गर्न नसक्ने बताइन् ।

प्रतिक्रिया