शनिबार, जेठ ५, २०८१

अख्तियारले भन्याे- प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखियाे

नेपालखोज २०७८ कार्तिक २९ गते २०:१८

जनकपुरधाम । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारको साइकल खरिदमा अनियमितता देखिएको बताएका छन् । 

आयोगले प्रदेश २ सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा अनियमितता भएको बताएको हाे ।

अख्तियारको बर्दिवासस्थित कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक अनुसन्धानका क्रममा साइकल खरिदमा अनियमितता देखिएको बताए ।

यो गम्भीर विषय पनि भएकाले विस्तृत रुपमै हेरिने भन्दै उनले विस्तृत अनुसन्धानका क्रममा अनियमितता देखिए अदालतमा मुद्दा दायर हुने र नभई तामेलीमा जाने बताए ।

प्रतिक्रिया