प्रधानमन्त्री देउवा आज स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कँदै छन् । उनी लास्गोमा जारी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिएर स्वदेश फर्कन लागेका हुन् ।
प्रधानमन्त्री नेतृत्वको टोली हिजो स्थानीय समय दिउँसो १ः५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौँ आउने बताइएको छ ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १२ गते लण्डन गएका थिए ।
स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैँचामा भोजपत्रको विरुवा रोपेका थिए । पाँचौँपटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया