आइतबार, वैशाख २८, २०८२

सानिमाको अध्यक्षमा पौडेल नियुक्त

नेपालखोज २०७८ कार्तिक १८ गते ८:४४

काठमाडौं । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो ।

बैंकको नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीसमक्ष आफ्नो ओहोदाको शपथ ग्रहण गरेका छन् । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रही कार्य गरिसकका छन् ।

नर्वेबाट हाइड्रोपावर डेभलपमेन्टमा स्नातकोत्तर गरेका पौडेल पेसाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर रहेका छन् भने देशभित्र हाइड्रो विज्ञका रुपमा परिचित छन् । विगत २४ वर्षको पेसागत अनुभव सँगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भएका छन् ।

प्रतिक्रिया