‘सत्ता गठबन्धन चुनावसम्मै रहन्छ’
नेपालखोज
२०७८ कार्तिक १८ गते १०:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन चुनावसम्मै रहने बताएका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औं सम्मेलन (कोप-२६) मा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन चुनावसम्मै रहने प्रस्ट्याएका हुन् ।
‘गठबन्धन पूरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ । गठबन्धन चुनावसम्मै जान्छ,’ प्रधानमन्त्री देउवाले भने ।
प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको कोप-२६ मा भाग लिई आज स्वदेश फर्किएका हुन् ।
त्यहाँ देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया