आइतबार, वैशाख १४, २०८२

‘कर्णालीका १० वटै जिल्लालाई सडक सन्जालमा जोड्छु’

नेपालखोज २०७८ कार्तिक १८ गते १२:२९


काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक संजालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् ।

पत्रकारहरुसँग कुराकानीमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक संजालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई सडक संजालमा जोड्न पहल गरिने बताएका हुन् ।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए ।

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र)बाट चार र नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री बन्ने चर्चा छ । रासस

प्रतिक्रिया